स्याङ्जामा विद्युत महसुल नतिर्ने ५३३ ग्राहकको लाइन काटियो
स्याङ्जा | चैत २३, २०७९
स्याङ्जा: समयमै विद्युत महसुल नबुझाउने ५३३ ग्राहकको नेपाल विद्युत प्राधिकरण स्याङ्जाले लाइन कटान गरेको छ ।
११ पालिका रहेको स्याङ्जा प्राधिकरण स्याङ्जा शाखाले गत साउन १ गतेबाट अभियान अगाडि बढाएर कारबाही गरेको हो । विद्युत प्राधिकरण महसुल सङ्कलन विनियमावली २०७८ अनुसार लाइन कटान गरिएको हो ।
विद्युत बालेर ६० दिन सम्म महसुल नबुझाउने ग्राहकको विना सूचना लाइन काट्न मिल्ने महसुल सङ्कलन विनियमावली भित्र रहेर लाइन कटान गरिएको कार्यालय प्रमुख प्रताप बरालले बताउनुभयो ।
महसुल नबुझाउने धेरै साना ग्राहक रहेको बताउँदै बरालले लाइन कटान पश्चात् ४८९ ग्राहकले ४० लाख ३३ हजार ४७२ रुपियाँ ९६ महसुल बुझाएर पुनः लाइन जडान गरेका छन् । लाइन कटान गरेका ४४ जनाले जडान नगरेका हुन् ।
प्राधिकरणको स्याङ्जामा २४ हजार र मिर्मीमा सात हजार ३७८ गरी ३१ हजार ३७८ ग्राहक रहेका छन् । यहाँ ग्राहकबाट दुई करोड ६२ लाख ३६२ रुपियाँ ५४ पैसा महसुल बक्यौता रहेको प्रमुख बरालले बताउनुभयो
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

